सूचना तथा संचार प्रविधि : सामाजिक रुपान्तरणको महत्वपूर्ण साधन

-मनोजकुमार न्यौपाने
आजको सूचना क्रान्ति, संजालको युगले एउटा नयाँ किसिमको सूचना आदानप्रदानको बाटो निर्माण गरिरहेको छ जसले व्यक्तिलाई सूचना संजालको रुपमा विकसित गर्न प्रोत्साहन गर्छ । यसले सूचना ढुवानी गर्ने र प्राप्त गर्न हामीलार्इ सहयोग गरेको छ । वास्तवमा प्रविधिले सूचनालार्इ विश्वव्यापी प्रसार गर्न मद्दत गरेको छ । मानिसहरु विभिन्न साधनद्वारा आफूले चाहेको सूचना संकलन गर्न सक्षम भएका छन् । यसले नै एक्काइसौं शताव्दीको सूचना क्रान्तिको प्रतिनिधित्व गर्दछ । साधारण अर्थमा सूचना तथा संचार प्रविधि (Information & Communication Technology) यस्तो एउटा कार्ययोजना, साधन तथा सेवाहरुको समूह हो जसले सूचनाहरु उत्पादन, संकलन, प्रशोधन, वितरण र आपसमा साटासाट गर्ने काम गर्दछ ।

सूचनाको उत्पादन, संकलन तथा ओसारप्रसार गर्ने काममा पुराना साधनहरु रेडियो, टेलिभिजन र टेलिफोन प्रयोग हुन्थे भने आजकाल सूचनाका नयाँ साधनहरु कम्प्युटर, भू-उपग्रह, इन्टरनेट र ताररहित प्रविधि आदि को व्यापक प्रयोग भइरहेको छ । जसका कारण सूचना आदानप्रदान सजिलो मात्र भएको छैन छिटो, छरितो र विश्वसनीय समेत हुन पुगेको छ । यस्ता विभिन्न साधनहरुले आपसमा संजाल बनाउँदै टेलिफोन सेवा, स्तरीय हार्डवेयर, इन्टरनेट, रेडियो तरंग आदिको प्रयोगद्धारा संसारको कुनै पनि कुनालार्इ आपसमा जोडेर संसारलार्इ एउटा ग्लोबल भिलेजको रुपमा विकसित गर्न सक्ष्ाम भएका छन । यस्ता साधनहरुको क्षमताले आजको नयाँ विश्वलार्इ सामाजिक र आर्थिक क्रान्तिमा सहज भूमिका निभाउँदै गइरहेको छ । व्यक्तिगत, संस्थागत र सामाजिक संजाल (नेटवर्क)को कारणले भौगोलिक दूरीलार्इ बिर्सेर विश्वमा विकासका नयाँ नयाँ आयामहरु प्रक्षेपण गर्न संभव भएको छ । सूचना प्रविधिकै कारण्ा आज विश्वभर सूचना, पूँजी, क्षमता, तरिका, वस्तु तथा सेवा, उत्पादन आदि तुरुन्तै फिजाउँन र प्रसार गर्न सकिन्छ ।

सामाजिक विकास विना आर्थिक र अन्य विकास संभव छैन । सामाजिक विकासका लागि समाजलार्इ रुपान्तरण गर्नु अति आवश्यक छ । हाम्रो समाजका विविधतालार्इ समय अनुकुल परिवर्तन गर्दै युगसुहाउँदो परिवेशमा ढाल्दै त्यसको मद्दतले विकासको बाटोमा लम्कन सकेमा समग्र समाज र देशको हित संभव छ । विश्वका कैंयौं मुलुकले सूचना प्रविधिकै कारण सामाजिक रुपान्तरको दिशामा क्रान्तिकारी परिवर्तन ल्याउन सकेका छन । उनीहरुले आफ्‍ना व्यापार, व्यवसाय, बजार, संस्था, ज्ञान र क्रान्तिलार्इ सूचना प्रविधिको माध्यमद्धारा नागरिक र समुदाय अनुकुल रुपान्तरण गरेर आर्थिक विकासमा ठूलो फड्‍को मारेका हुन । आजको भूमण्डलीकरणको युगमा नेपालले सूचना प्रविधिलार्इ नकारेर अगाडि बढ्‍नै सक्दैन । आर्थिक र सामाजिक विकास सुरुवात गर्न र अगाडि बढाउन सूचना प्रविधिका नयाँ नयाँ प्रयोगलार्इ आत्मसात गर्नुपर्छ । दूरसंचार र सूचनाका साधनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा अन्य क्षेत्रमा नयाँ नयाँ अवसरहरुको विकास गरी अकल्पनिय बृद्धि गर्न सकेको छ । नेपालको भौगोलिक र आर्थिक कठिनाइलार्इ विस्तारै विस्तारै सहज बनाउँदै सामाजिक रुपान्तरणमा सूचना प्रविधिको उपयोग सार्थक सावित भएको छ । सामाजिक रुपान्तरणबाट समाजमा ज्ञानको प्रसार गर्दै प्रविधिलार्इ के काममा लगाउने भन्ने निर्णय समुदायले नै गर्न सक्ने वातावरण निर्माण हुन्छ । एक्काइसौं शताब्दीमा लोकतान्त्रिक शासन पद्धतिका लागि सबैभन्दा उपयुत्तm संचार विधि इ-गभर्नेन्स हो । जनताले संविधानसभा माफत आफूले चुनेको प्रतिनिधिलार्इ सूचना प्रविधिको उपयोग गरेर जनआन्दोलनको मर्म अनुरुप काम गर्न दवाव सिर्जना गर्न सक्छ । यदि कुनै जनप्रतिनिधि आफ्‍नो बाटो विराएमा खबरदारी गर्ने काम समेत सूचना प्रविधिको उपयोगबाट संभव छ । इ-गभर्नेन्सको अवधारणाबाट जनताले सरकारी सेवा सजिलै, तुरुन्तै र विश्वसनीय ढंगले पाउनसक्छ । एकातिर जनताले आफ्‍ना समस्याहरु बेलैमा सम्बन्धित निकायसमक्ष पुर्‍याउन सक्छ भने अर्कातिर सरकार र जनसेवी निकायहरूले जनतालार्इ दिने सेवा र सुविधाहरू प्रभावकारी ढंगले प्रदान गर्न सक्छन।

सूचना प्रविधिलार्इ विकासको साधनको रुपमा परिवर्तन गर्नको लागि एउटा महत्वपूर्ण्ा पाइला चाल्नै पर्छ । दूरसंचार प्रविधिको विस्तारविना सूचना प्रविधिको विकास नहुने हुँदा यसलार्इ पहिलो प्राथमिकता दिनु जरुरी छ । कम्प्युटर साक्षरता बृद्दि गर्दै समाजको आवश्यकता अनुसार प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ । सरकारी र निजी क्षेत्रको सहकार्यमा देशका कुना काप्चामा सूचना संजाललार्इ पुर्‍याउन पहल गर्नुपर्छ । सूचना उद्योगको विकासको लागि पहिलो शर्त पूर्वाधारको निर्माण नै हो । मन्त्रालयहरुबीचको समन्वयको अभावले गर्दा सूचना प्रविधि क्ष्ोत्रमा आवश्यक नियम, कानुन तथा नीतिहरुको ठोस योजना बन्न सकेको छैन ।

सामाजिक रुपान्तरणको मुख्य समस्या सूचनाको खाडल (Digital Divide) हो । सूचनाको खाडल विकसित र विकासशील देशहरूबीच मात्र होइन एउटै देश र समुदायभित्र पनि विभिन्न वर्गहरूको बीचमा पनि बढ्‍दो छ । देशको समग्र र न्यायपूर्ण विकासको लागि यो खाडल घटाउनु अति आवश्यक छ । एउटा कुरा के बुझ्नुपर्छ भने प्रविधि एक्लैले एकैपल्ट कायापलट ल्याउन सक्दैन । तर यसले सामाजिक क्रान्तिको लागि महत्वपूर्ण साधनको रुपमा आफ्‍नो भूमिका खेल्ने काम गर्छ । समाजमा विकासका पूर्वाधारहरु समुचित ढंगले वितरण गरी सवै वर्ग र समुदायलार्इ विकासको मूलधारमा ल्याउन सूचना प्रविधिले सेतुको काम गर्छ । परम्परागत प्रविधिलार्इ नयाँ प्रविधिसंग हातेमालो गर्दे अगाडि बढाउन सकेमा समाजका विकृति र विसंगतीहरुलार्इ निर्मुल पार्दै नयाँ नयाँ ज्ञानको खेति गर्न सकिन्छ । कृषि, व्यापार, शिक्षा लगायत सबै क्षेत्रमा नौलो प्रविधिको प्रयोग गरी सामाजिक रुपान्तरण गर्न सकेमा समाजबाट रोग, भोक, गरीवि, अशिक्षा जस्ता समस्याहरुलार्इ जरैदेखि निर्मुल पार्न सकिन्छ । यसको लागि सरकारी तवरबाट आवश्यक नीति तथा कार्ययोजना निर्माण गरिनुपर्छ ।

एककाइसौं शताब्दी सूचना क्रान्तिको युग हो । सूचना क्रान्तिकै कारण मानिसले काम गर्ने, सिक्ने, एकआपसमा कुराकानी गर्ने, व्यापार व्यवसाय, उद्योग, शिक्षा, स्वास्थ्य, जस्ता समाजका हरेक क्ष्ोत्रमा परिवर्तन हुँदै समाज र अर्थतन्त्रलार्इ नयाँ स्वरुपमा परिवर्तन गर्न सकेको छ । सूचना प्रविधिले समय र दूरीको बन्धनलार्इ तोड्‍दै संसारभरिका मानिसहरूलार्इ एउटै संजालमा बाँधेर उनीहरूबीच आर्थिक, सामाजिक, सांस्कृतिक भेदभावलार्इ मेट्‍ने काम गरेको छ । विश्वको सूचना त्रmान्तिले पारेको प्रभाव र गतिलार्इ हामी नर्कान सक्दैनौ र त्यसको प्रभावबाट मुक्त हुन सक्दैनौँ । तसर्थ सूचना प्रविधिको माध्यमबाट आर्थिक, भौतिक, शैक्षिक, सामाजिक सबै तहबाट समाजलार्इ रुपान्तरण गर्न सम्बन्धित निकायबाट आवश्यक कदम तुरुन्त चालिनुपर्छ ।

(लेखक कम्प्युटर एशोसियसन अफ् नेपाल काभ्रेका निवर्तमान अध्यक्ष तथा काभ्रे साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ । )